अभिनेत्री अदिति बुढाथोकी यतिबेला चलचित्र 'बाबरी क्याफे'को छायांकनमा व्यस्त छिन्।
सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका चलचित्रमा अदितिसँगै र धिरज मगर पनि मुख्य भूमिकामा छन्।
अदितिको यो दोस्रो चलचित्र हो। उनको पहिलो चलचित्र 'कृ' थियो। जसमा उनले अनमोल केसीसँग स्क्रिन सेयर गरेकी थिइन्।
'बाबरी क्याफे'को छायांकन स्थलबाटै अदितिले केही नयाँ तस्वीरहरु सार्वजनिक गरेकी छन्।
तस्वीरमा उनी सिँढीमा पल्टिएकी छन्। त्यसो त उनले अघिका दिनहरुमा पनि सिँढीमै पल्टिएका अन्य तस्वीरहरु पनि सार्वजनिक गर्दै आएकी थिइन्। उनका तस्वीरहरु हेर्दा लाग्छ, अदितिलाई सिँढीसँग निकै लगाब छ।