दशक अघि बलिउडमा लोकप्रिय अभिनेत्रीको नाम हो, शमिता शेट्टी।
चलचित्र 'मोहब्बते' बाट बलिउडमा प्रवेश गरेकी शमिताले एक ताका दर्शकहरुको राम्रै मन जितिन्।
उनको अभिनय, नृत्य र सुन्दरता मन नपराउने को पो होला र? थुप्रै चलचित्रहरुमा उनले बोल्ड सिन् दिईन्। जसले जसले उनलाई आलोचना र तारिफ दुवैको शिकार बनायो।
तर उनले जति नै बोल्ड लुक्स दिएपनि चलचित्र क्षेत्रमा भने लामो समय टिक्न सकिनन्। हाल उनी चलचित्रबाट टाढा छिन्। व्यवसायमै उनको दैनिकी बितिरहेको छ।
त्यसो त उनी अभिनेत्री शिल्पा शेट्टीकी बहिनी पनि हुन्।