भारतमा बेचिएकी एक नेपाली बालिकाको कथाः सानोमा घरमा कामदार, बढेपछि बेश्यालयमा

नुवाकोट जिल्लाको एउटा बिकट गाउँबाट चार बर्ष अघि १२ बर्षिया बालिका अचानक हराइन्।

शुरुमा उनलाई कस्ले कहाँ लग्यो भन्ने कुरा कसैले पनि थाह पाउन सकेनन्।

तर एक बर्ष अघि भारतको कोलकातास्थित महावाणिज्य दूतावासमा खबर आयो कि एउटा बेश्यालयमा नेपाली किशोरी बेचिएकी छिन् भन्ने।

त्यसपछि महावाणिज्य दूतावासले गैर कानुनी थुनामा रहेका नेपाली महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विश्वसेवा विस्तार मञ्चसंग सम्पर्क राखेर ती किशोरीको घर ठेगाना पत्ता लगायो।

त्यसपछि पत्ता लाग्यो ती किशोरी चार बर्ष अघि हराएकी नुवाकोटकी किशोरी हुन् भन्ने कुरा।

 

प्रकाशित मिति: : 2021-04-26 08:00:00

प्रतिकृया दिनुहोस्