जनगणना प्रभावित हुँदैन : गृह मन्त्रालय

Netizen Nepal
Netizen Nepal

काेराेना संक्रमण फेलिँदै गएपनि राष्ट्रिय जनगणना प्रभावित नहुने भएकाे छ। 

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई  जनगणना गर्न सहजिकरण गर्दिन आग्रह गरेकाे हाे।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि  सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड पालना गरि जनगणना गरिने मन्त्रालयले जनाएकाे छ। 

राष्ट्रिय जनगणना २०७८ को स्थलगत तथ्याङ्क संकलनको लागि ७ प्रदेश र ७७ जिल्ला कार्यालय स्थापना भइरहेको छ। 

स्थतगत तथ्याङ्क संकलन अन्तर घरपरिवारलाई सूचीकरण कार्य वैशाख २६ देखि जेष्ठ १४ सम्म र मुख्य गणना जेठ २५ देखि आसार ८ गतेसम्म सञ्चालन हुँदैछ।

उक्त कार्यको लागि देशभर सबै जिल्लाहरुमा  वैशाख १६ देखि २२ गतेसम्म सुपरिवेक्षक तालिम र जेष्ठ १७ देखि २२ सम्म गणक तालिम सञ्चालन हुँदैछ।

प्रकाशित मिति: : 2021-04-28 14:11:00

प्रतिकृया दिनुहोस्