नायिका सुपुष्पा भट्टले निर्माता रौनक विक्रम कँडेलसँग सुटुक्क इन्गेजमेन्ट गरेकी छिन्।
केही समय पहिले रौनक बेनिशा हमालसँग प्रेममा थिए। तर बेनिशासँगको ब्रेकअपपश्चात उनी सुपुष्पासँग नजिक भएका थिए।
उनीहरु केही समययता डेटिङमा थिए। पारिवारकै उपस्थितिमै उनीहरुको इन्गेजमेन्ट भएको बुझिएको छ।
उनीहरुको इन्गेजमेन्ट भएपनि विवाहको लागि मिति भने तोकिएका छैन।
सुपुष्पाले चलचित्र ‘रणवीर’, ‘छ माया छपक्कै र चपली हाइट ३’ जस्ता चलचित्रमा काम गरिसकेकी छन्।