घाममा 'कानून' पढिरहेकी किम

हलिउड मोडल तथा टेलिभिजन व्यक्तित्व किम कार्दासियन बेला-बेला चर्चामा आइरहन्छिन्।

उनी सामाजिक कार्यकर्ता, फेशन डिजाइनर, व्यावसायी महिला र अभिनेत्री पनि हुन्। उनको बोल्डनेस र सुन्दरताको पनि राम्रै चर्चा हुने गरेको पाइन्छ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने किमले आफ्नो व्यक्तिगत कुराहरुपनि दर्शकहरुलाई शेयर गरिरहेकी हुन्छिन्। सामाजिक सञ्जालमा उनले शेयर गर्ने तस्वीरहरु भाइरल भइरहन्छन्।

यसैबीच हालै उनले शेयर गरेको एउटा तस्वीरले सामाजिक सञ्जाल तत्ताइरहेको छ। तस्वीरमा उनी विकिनीमा देखिएकी छन्। र उनले कानूनको पुस्तक पढ्दै गरेको देखिन्छ।

कपालमा एक स्कार्फ पनि लगाएकी छन्। क्याप्सनमा लेखेकी छन्- 'स्टडी इन द सन।'

उनको तस्वीरमा राम्रो र नराम्रो टिप्पणीहरुको ओइरो लागेको छ। उनको तस्वीरलाई लिएर केही प्रयोगकर्ताले सोधेका छन्, ‘यो कस्तो स्कुल हो ?’ 

प्रकाशित मिति: : 2021-04-29 06:49:00

प्रतिकृया दिनुहोस्