चर्चित गायक प्रकाश सपूतलाई कोरोना संक्रमण

File Photo
File Photo

गायक प्रकाश सपूतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बिहीवार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको गायक सपूतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। 

उनले काठमाडाैँ मेडिकल कलेजमा काेराेना परिक्षण गराएका थिए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला। एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए। म होम आईशुलेशनमामा छु। अवस्था सामान्य छ। कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ। किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाउ। सुरक्षित बसौ!'

प्रकाशित मिति: : 2021-04-30 13:49:00

प्रतिकृया दिनुहोस्