पूर्वी नेपालबाट अवैध रुपमा प्रवेश गर्दै रोहिंग्या शरणार्थी

म्यानमारबाट विस्थापित भएपछि बंगलादेशमा शरण लिएर बसिरहेका रोहिंग्या शरणार्थी भारतको बाटो हुँदै सीमावर्ती नाकाबाट पूर्वी नेपालमा छिर्न थालेको पाइएको छ।

जीवन जिउन सहजताको खोजी गर्दै रोहिंग्य मुस्लिमहरु झापाको काँकडभिट्टा र मोरङको सीमावर्ती नाका हुँदै नेपाल प्रवेश गरेको विषयले यतिबेला स्थानीय प्रशासनलाई झस्काएको छ।

कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएर मुलुकको अवस्था जटिल बन्दै गइरहेका बेला रोहिंग्या आप्रवासीको तनाव पनि थपिएको हो।

कोरोना नियन्त्रणमा राज्यका सबै शक्ति परिचालन गरिएको अवस्थामा त्यसको फाइदा उठाउँदै रोहिंग्यालाई लुकाईछिपाई चोर बाटोको प्रयोग गरी नेपाल छिराउन गिरोह नै सक्रिय रहेको पाइएको हो।

गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पत्र पठाउँदै यस विषयमा सत्यतथ्य बुझेर कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले वैशाख ६ गते पठाएको पत्रमा सम्बन्धित निकायसँग समन्वय गरेर कारबाही थाल्न प्रशासनलाई आवश्यक निर्देशन दिइएको छ।

प्रकाशित मिति: : 2021-04-30 14:23:00

प्रतिकृया दिनुहोस्