चर्चित स्पेनिश कमेडियन तथा अभिनेता जुआन जोया बोर्जाको ६५ वर्षको उमेरमा निधन भएको छ।
विश्वकै मिम दुनियाँमा उनको हाँसो सर्वाधिक भाइरल मानिन्छ। सामाजिक सञ्जालमा ‘एल रिसिटस’ अर्थात् ‘हाँसो’ नामले परिचित जुआनको बुधबार राति निधन भएको हो।
सन् २०२० देखि जुआनको खुट्टामा समस्या देखिएको थियो। त्यसयता उनी दे ला कारिडाड अस्पतालमा भर्ना भएका थिए। उक्त अस्पतालले जुआनलाई भर्जेन देल रोकियो अस्पतालमा सारेको थियो। सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
एउटा अन्तर्वार्तामा जुआन हाँसेको भिडियाे क्लिप सन् २०१४ मा विश्वभर भाइरल भएको थियो।
उनी हाँसेको भिडियो क्लिपलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले विभिन्न विषयमा जोड्दै मिम बनाउदै आएका छन्।