‘काम छैन, के खाने ?’

रातोपाटी

काठमाडौं

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु सवैभन्दा धेरै मर्कामा परेका छन् । 
दिनभरी भारी बोक्ने र रिक्सा चलाएर बिहान बेलुका छाक टार्ने मजदुर वर्ग निषेधाज्ञापछि काम नपाउँदा समस्यामा परेका हुन् । उनीहरुले काम नहुँदा हातमुख जोड्नै समस्या हुन थालेको गुनासो गरेका छन् । 
‘अरु बेला त काम पाइन्थ्यो तर, निषेधाज्ञापछि काम छैन । सवैतिर बन्द छ, काम नभएपछि भरे के खाने भन्ने चिन्ता छ’, वसन्तपुरमा भेटिएका एक मजदुरले भने, ‘रोगले भन्दा पनि भोकले मरिने पो भयो ।

प्रकाशित मिति: : 2021-05-01 16:05:00

प्रतिकृया दिनुहोस्