भारतीय चलचत्रि क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ कथाहरु आइरहेका छन्, जुन सुखद पक्ष हो।
पृथक कथा र अब्बल अभिनयले नै कलाकाररुलाई चर्चामा पुर्याएको पाइन्छ।
दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री राकुल प्रित सिंहले बलिउडमा प्रवेश गरेको धेरै लामो समय त भएको छैन। तर उनले छोटो समयमै राम्रो चर्चा पाइन्, बलिउडमा पनि।
उनै राकुल हालै नयाँ चलचित्र ‘कन्डम परिक्षक’मा अनुबन्धित भएकी छन्। चलचित्रमा उनी ‘कन्डम परिक्षक’ कै रुपमा देखिदैछिन्।
कन्डम उत्पादन गर्ने कम्पनीको कथामा चलचित्र तयार हुने निर्माण समूहले जानएका छन्।