बलिउडमा स्थापित हुन अभिनेता राजकुमार रावले लामो संघर्ष गरे। लामो संघर्षपश्चात नै उनी अहिले सफल अभिनेताको सूचीमा पर्छन्।
उनै अभिनेता राजकुमार रावले हाल चलचित्र 'मोनिका, ओ माई डार्लिङ्ग'मा काम गर्दैछन्। चलचित्रमा उनीसँगै अभिनेत्री हुमा कुरेसी श्रीराम राघवन पनि छन्।
नेटफ्क्लिसले निर्माण गर्न लागेको यो चलचित्रका लागि राजकुमारले महंगो पारिश्रमिक लिएको बुझिएको छ। भारतीय मिडियाका अनुसार राजकुमारले १५ करोड पारिश्रमिक लिएको पाइएको हो।
बलिउडमा उनको अभिनयको चर्चा हुने गरेको छ। राजकुमारको 'हम दो दोबारा' र 'बधाई दो' पनि रिलिजको क्रममा छन् ।