संकटका बेला मानिस किन शहर छाडेर थातथलो फर्कन्छन ?

गोरखापत्र

काठमाडौँ

आशिष मिश्र
सोमबार दिउँसो बसेको काठमाडौँ उपत्यकाका ती जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले विहिबारबाट उपत्यकामा एक हप्ता लामो निषेधाज्ञा लगाउने निर्णय गर्यो । जब यो निर्णय तुरुन्तै सर्बसाधारणमा पुग्यो तब मानिसहरू बसको टिकट र जहाजको टिकट खरिद गर्न तछाडमछाड गरेको देखियो ।
जव सोमबार साँझ मन्त्रिपरीषद्ले १५ दिनका लागि नै निषेधाज्ञा गर्ने निर्णय गरेसँगै हजारौँ मानिसहरु राजधानी छाड्न कलंकी, गोंगबु र कोटेश्वरमा उत्सुक भई जम्मा भैसकेका थिए । मंगलबार र बुधबार उपत्यका छोड्नेहरुको संख्या निकै धेरै थियो ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा हुनुभन्दा तीन दिन अगाडिको समयमा सडक मार्ग हुँदै दुई लाख मानिसले काठमाडौं छाडेका छन् । सोहि समयमा २१ हजार १९४ जनाले हवाई यातायात मार्फत काठमाडौं छाडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
काठमाडौं छाड्ने मध्ये ४२ वर्षिय कुमार खनाल , जो सवारीसाधन मर्मत गर्दै आउनुभएको थियो । उहाँपनि मंगलबार आफ्नो आमा र छोरालाई लिएर गृहजिल्ला उदयपुरको पञ्चवटि माई फर्कर्दै हुनुहुन्थ्यो । “ यो लकडाउनको समयमा मैले पसल खोल्न पाउँदिन पसल खोल्न नपाएपछि आम्दानीको स्रोत बन्द हुन्छ , आम्दानी नभै काठमाडौं बस्न सकिन्न । ”काठमाडौं छाड्नुको कारण सुनाउदै भन्नुभयो ।
यस्तै विद्यार्थी निसी बज्राचार्य पनि बुधबार आफ्नो घर तानसेन जानुभयो ।उ हाँ आफ्नो काकीसँग ललितपुरमा बस्दै आउनुभएको थियो। “उपत्यकामा भन्दा घरतीरै कोरोना भाईरसको संक्रमणबाट बच्न सकिन्छ कि भन्ने लागेर हिड्न लागेको हो ”उहाले भन्नुभयो । “मैले तीन पटक बसको टिकट खरिद गरे तर केहि छैन बस्ने ठाउँ मिलेको छ खुसी हुदै ”उहाले भन्न्ुभयो ।
बुधबार राती कोटेश्वरका एक प्रहरी अधिकारीले गोरखापत्र अनलाईलाई भने “जब यहाँ संकट आईपर्छ तब मानिस काठमाडौं छाड्न तछाडमछाड गर्छन । यो हामीले पछिल्लो लकडाउन र बैशाख १२ गते गएको भूकम्पको बेलामा पनि देखेँका थियौँ । जव निशेधाज्ञाको घोषणा हुन्छ तब यसपालि पनि उपत्यका छाड्नेको लर्को लागेको हामी सुरक्षाकर्मीले पनि जान्यौँ ।”

प्रकाशित मिति: : 2021-05-02 21:54:00

प्रतिकृया दिनुहोस्