सामाजिक सञ्जालमा आउने अनावश्यक हल्ला र समाचारले कहिलेकाहीँ मानिसको व्यक्तिगत जीवनै धरापमा पर्छ।
बलिउड अभिनेत्री इलियाना डिक्रुजले पनि सामाजिक सञ्जालमा आएका गलत समाचारले बारम्बार दुःख पाएको बताएकी छन्।
उनले पछिल्लो समय दिएको एक अन्तर्वार्तामा भनेकी छन्, 'गलत समाचारको कारण मैले धेरै पटक टाउको दुखाउँनु परेको छ।'
सन् २०१८ मा उनी गर्भगती भएको समाचार बाहिर आयो। जुन गलत थियो। यो विषयमा अभिनेत्री इलियानाले आफै स्पष्ट पार्नुपरेको थियो। त्यस्तै एकपटक उनले नै आत्महत्या गरेको भन्ने समाचार आयो। जुन, भाइरलसमेत भयो।
यसको लागि पनि उनले आफै गलत समाचार सम्प्रेषण भएको भन्दै स्पष्टीकरण दिनुपर्यो।