कोरोनाको राजनीति

कोरोनाले राजनीतिक मानसिकता बदल्दैछ, राजनीतिक मानचित्र पनि बदल्न बेर लाग्ने छैन ।

गोरखापत्र

काठमाडौं

 

यतिबेला कोरोनाको दोस्रो र तेस्रो लहरले विश्व आक्रान्त छ। यही मेसोमा नेपाल दोस्रो लहरबाट प्रताडित छ। कोरोना केही होइन, कोरोनाले मलाई छुनै सक्दैन भनेर खुलेआम निषेधाज्ञा र लकडाउन तोड्ने मनोवृत्ति यतिबेला मानव जीवनमाथिको अर्को मजाक भएको छ। कोरोनासँग जुध्न अपनाउने सावधानी, सो विरुद्धको खोप र त्यसैको बहानामा सक्कली र नक्कली रिपोर्ट तयार गरेर सत्ता ढाल्न र टिकाउन खोज्ने नेपाली राजनीतिका नौटङ्कीहरूको प्रहर्सन पनि भएको छ। यसै परिवेशमा समकालीन राजनीतिमा महामारीको प्रभावका बारेमा समीक्षा गर्ने यो आलेखको आशय छ।

 महामारीको विश्व अनुभव
एकातिर माहामारीले मानव जीवन ध्वस्त पा¥यो, अनगिन्ती जीवनको अन्त गरायो। रोगका कारणले मुलुकको अर्थतन्त्र ध्वस्त बनायो। समकालीन राजनीतिमा उथल्पुथल नै ल्यायो। सँगसँंगै यसले वैज्ञानिक खोज अनुसन्धानका लागि मार्ग प्रशस्त पनि ग¥यो। अन्ततः वैज्ञानिक खोज अनुसन्धानका कारणले धेरै मानव जीवनले अकाल मृत्युवरण गर्न परेन। रोगको त्रासका कारण तनावको जिन्दगी बाँच्न परेन। रोगविरुद्ध लड्ने उपायहरूको सहारा लिँदै बाँकी जीवन निर्वाध अघि बढाउन मार्ग प्रशस्त गरायो। यो भने महामारीको नकारात्मक हिसाबले सिर्जित उपलब्धि भन्न सकिन्छ।

प्रकाशित मिति: : 2021-05-04 08:32:00

प्रतिकृया दिनुहोस्