थाहाँ छ पृथ्वी हजुरको गहिराइ
जति भित्र त्यति तापिलो मध्य विन्दुमा
थाहाँ छ पृथ्वी हजुरको मोह
जति हेरेनी त्यति अचम्म लाग्दो भित्रि बाहिरी दुवै सतहमा
थाहाँ छ पृथ्वी हजुरको
सुन्दरता जति अदृश्य त्यति दर्शनीय उराठ लाग्दो
हामी मनुष्यको जीवनमा
थाहाँ छ पृथ्वी हजुरको
ममता आमाको सरी अझ बढी हामी कठोर मनको जीवमा
गर्मीको मौसममा हल्लिरहेका पातहरुको साहारा जस्ताे
हजुरको शितल छाँया
सूर्यको हरेक किरणसरी बगिरहेको
हजुरको आशा
थाहाँ छ पृथ्वी हजुरको
तातो राप त्यो जोडाेको मन छुने चिसोमा नि
सुम्सुमाउने आमाको काखसरी
थाहाँ छ पृथ्वी हजुरको
सबै अपार स्नेह बोकेर भोगेर
हामीले हजुरलाई के दियौं फिर्ता
भुल्न सक्दिन, सक्थे भने मेटाइदिन्थे सारा
थाहाँ छ पृथ्वी हजुरको आत्मालाई रुवायौँ
हामीले प्रगति भन्दै हजुरलाई विनाशको बाटो लग्यौं
थाहाँ छ पृथ्वी हजुरको
अमुल्य समय अनगिन्ती मित्रतालाई भुली हरायौँ
त्यहि भएर चार पर्च्खालमा कैद भएछौं
अहिले हामीलाई एउटा आशाको किरण दिनु, आमा।
(दन्त शल्य चिकत्सक डा श्रेष्ठ हाल लुम्बिनी अस्पताल बुटवलमा कार्यरत छिन्)