कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७६६० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

आज एकै दिन ५५ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ। योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको मन्त्रालयले जनाएकाे छ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ५१ हजार ५ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा  १७७५ जना संक्रमणमुक्त भएका छन्। योसंगै निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ। 

प्रकाशित मिति: : 2021-05-04 17:22:00

प्रतिकृया दिनुहोस्