संक्रमितमा अक्सिजनको मात्रा कम हुँदामात्रै अस्पताल जाने हो ?

रातोपाटी

काठमाडाैं

कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएसँगै अस्पतालमा बिरामीले हत्तपत्त बेड पाउने अवस्था छैन।

कोरोना संक्रमणको दोस्रो लहरमा गम्भीर समस्या भएका बिरामीको संख्या बढ्दो छ। त्यस्ता बिरामीका लागि आइसियू, भेन्टिलेटर र अक्सिजनसहितको बेड पाउन झन् मुस्किल छ।

संक्रमितमध्ये ठूलो संख्यामा होम आइसोलेशनमा छन्। संक्रमित भएर स्वास्थ्यमा जटिल अवस्था सिर्जना भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ।

तर संक्रमितको संख्यासँगै गम्भीर अवस्थाका बिरामीको संख्या पनि तीव्र गतिमा बढ्न थालेपछि श्वासप्रश्वासमा समस्या भएका, निमोनिया भएका, अक्सिजनमा लेबल घटबढ हुने, रुघाखोकी लगायतका समस्या भएका बिरामीले अस्पताल पुगे पनि बेड पाएका छैनन्।

अर्कोतिर सामान्य लक्षण भएका कोरोना संक्रमित पनि आत्तिएर बेड पाउने आशामा अस्पतालमा भौँतारिएको शुक्रराज ट्रपिकल तथा  सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन्।

प्रकाशित मिति: : 2021-05-05 11:00:00

प्रतिकृया दिनुहोस्