कोरोना संक्रमणबाट हेटौँडा अस्पतालमा थप एकको मृत्यु

Symbolic photo
Symbolic photo

कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ।

कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए।

उनका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। उनमा वैशाख १४ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

यससँगै हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ६ पुगेको अस्पतालले जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-05-05 11:32:00

प्रतिकृया दिनुहोस्