कोरोनाबारे विवेकशील साझाले सुरु गर्‍यो दुईवटा हटलाईन

कोरोना महामारीले मुलुक त्रस्त भएका बेला विवकेशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।

पार्टीले कोभिड १९ हेल्पलाईन नम्बर र कालोबजारी हटलाइन नम्बर गरि दुईवटा नम्बर तोकेको हो।

मोबाइल नम्बर ९८१३५७७२०७ को कोभिड हेल्पलाइनमा सम्पर्क गरेर आपतमा परेका कोभिड संक्रमित र परिवारका अन्य सदस्यले नजिकको अस्पताल, एम्बुलेन्स, अक्सिजन लगायतका बारेमा जानकारी लिन सक्नेछन्।

हटलाईनमा उपलब्ध स्वयंसेवकहरुले विभिन्न निकाय र संयन्त्रसँग समन्वय गरि समस्या समाधान गर्न प्रयत्न गर्नेछन्।

कोरोनाले मुलुक आक्रान्त भएका बेलामा सबै मिलेर सुशासन कायम राख्नुपर्ने अवस्थामा निषेधाज्ञासँगै कालोबजारी पनि मौलाएको समाचार आइरहेका बेला विवेकशील साझाले कालोबजारी विरुद्धपनि हटलाइन सञ्चालनमा ल्याएको हो।

कालोबजारीमा परेमा वा देखेमा मोबाइल नम्बर ९८६१३३४०५१ मा सम्पर्क गर्न सकिने भएको छ।

नागरिकहरुका हरेक दुःखमा जोडिन पार्टीले हटलाईन सुरु गरेको हो। नागरिकका हरेक दुःखमा जोडिन पार्टीले हटलाईन सुरु गरेको हो।

प्रकाशित मिति: : 2021-05-05 15:56:00

प्रतिकृया दिनुहोस्