कोरोनाबाट एकै दिन ५८ जनाको मृत्यु, ८६५९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

यसैगरी ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज देखिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित तीन लाख ५९ हजार ६१० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै आज एक हजार ९९३ जना सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई लाख ८९ हजार ७८३ निको भएर घर फर्किएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ

प्रकाशित मिति: : 2021-05-05 16:32:00

प्रतिकृया दिनुहोस्