अभिनेत्री अभिलाषा पाटिलको कोरोनाबाट मृत्यु

अभिनेत्री अभिलाषा पाटिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

फिल्म सुटिङको क्रममा वाराणसी पुगेकी उनी केहीँ दिनअघि मात्रै मुम्बई फर्किएकी थिइन्।

कोरोना भाइरस संक्रमणको लक्षण महसुस भएपछि अभिनेत्री पाटिल अस्पताल भर्नाको भएको उनका सहयोगीहरूले बताएका छन्।

अभिनेत्री पाटिलको मृत्युको खबरलगतै फिल्म निमार्ता तथा निर्देशकहरूले मराठी र हिन्दी फिल्म उद्योगमा आशाको दियो निभेको बताएका छन्। 

पाटिल 'बद्रीनाथ की दुल्हनिया', 'छिछोरे', 'गुड न्युज', 'मलाल' जस्ता कयौं हिन्दी फिल्ममा देखिएकी छन्। ४७ वर्षीया पाटिल मराठी फिल्म र कयौं टिभी सिरियलमा काम गरिसकेको नाम हो।

प्रकाशित मिति: : 2021-05-06 09:39:00

प्रतिकृया दिनुहोस्