अभिनेता शाहले बाँड्न थाले निःशुल्क अक्सिजन

सामाजिक सञ्जाल
सामाजिक सञ्जाल

अभिनेता पल शाहले केही थान अक्सिजनसहितका सिलिन्डर अस्पताललाई निःशुल्क हस्तान्तरण गरेका छन्। 

कोरोनाका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको खपत बढ्न थालेपछि हाम्रो टिम नेपालसँगको सहकार्यमा उनले अक्सिजनका सिलिन्डर संकलन अभियान शुरु गरेका हुन्। 

बुधवार भक्तपुृर अस्पतालमा उपचारार्थ कोभिडका बिरामीका लागि अक्सिजन ग्यास सहयोग गरेका तस्विर आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै उनले अक्सिजन नपाएर कुनै पनि नेपालीहरुले ज्यान गुमाउन नपरोस् भनेर आफूहरु निरन्तर सेवामा खटिरहेको उल्लेख गरेका छन्। उनले अक्सिजन ग्यास खरिदका लागि हाम्रो टिम नेपाललाई आर्थिक सहयोग पनि गरेका छन्।

अस्पताललाई अक्सिजन सहयोगपछि उनले भने, ‘अहिले कोरोनाका बिरामीलाई अक्सिजन पाउन गाह्रो रहेछ। यसैले अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर निःशुल्क अक्सिजन बाँड्न थालेका हौं । हामी अस्पतालसँगै संक्रमितको घरमा पनि पुर्‍याउँदैछौं। दर्शकका कारण म पल शाह भएको हुँ। आज उहाँहरुलाई गाह्रो हुँदा म सहयोग नगरी कसरी बस्न सक्छु र !’ 

उनले गत वर्ष लकडाउनको समयमा पनि रोजगारी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या भएकालाई ५ लाख बराबरको खाद्यन्न दिएर सहयोग गरेका थिए। 

प्रकाशित मिति: : 2021-05-06 12:39:00

प्रतिकृया दिनुहोस्