दक्षिण भारतीय चलचित्रमा नयनताराको लोकप्रियता छुट्टै छ। उनलाई रुचाउने दर्शकहरु थुप्रै छन्।
सन् २००३ बाट मोडलिङ सुरु गरेकी नयनताराले सोही वर्ष एक मलयालम चलचित्रमा काम गरिन्। तर उनको डेब्यु चलचित्र भएकाले खासै नोटिस हुन सकिनन्।
त्यसको एक वर्षपछि उनले तेलुगु चलचित्रमा काम गरिन्। त्यसपछि भने उनको अभिनयको चारैतिर चर्चा हुन थाल्यो।
त्यसो त उनले कन्नड चलचित्रमा पनि काम गरिसकेकी छन्। सन २०११ मा रिलिज भएको चलचित्र 'श्री राम राज्यम'ले बक्स अफिसमा राम्रो सफलता हात पार्यो। एउटै चलचित्रमा उनले ७ वटा अवार्ड जितेकी थिइन्।
उहिले उनी ३६ वर्ष भइसकेकी छन्। यसबीचमा उनले तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरिन्।
वास्तववमा उनी इसाई धर्म मान्ने परिवारमा हुर्केकी थिइन्। तर पछि उनले हिन्दुलाई आत्मसात गरिन। हाल कोरोना महामारी उनी फुर्सदको समय मनाइरहेकी छन्।