महामारीमा निशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै अभिनेता पल

मोडल तथा अभिनेता पल शाहले अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका छन्।

कोरोनाको दोश्रो लहर (भेरियन्ट) मा देशभर अक्सिजन अभाव हुन थालेपछि शाहले 'हाम्रो टिम नेपाल' सँग सहकार्य गर्दै यो अभियान सुरु गरेका हुन्।

अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भन्दै केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर उनले अस्पताललाई निःशुल्क वितरण गरेका छन्।

पलले 'हाम्रो टिम नेपाल'लाई अक्सिजन सिलिन्डर खरिदका लागि २ लाख रुपैयाँ सहयोग गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-07 06:06:00

प्रतिकृया दिनुहोस्