स्मार्ट निवेदा (तस्वीरहरु)

Photo : Nivetha Facebook
Photo : Nivetha Facebook

दक्षिण भारतीय चलचित्र क्षेत्रमा नामभन्दा अनुहार चर्चित छ, निवेदा थोमसको।

२ नोभेम्बर १९९५मा जन्मिएकी निवेदाको चर्चा उमेरभन्दा ज्यादा छ। सन् २००८ बाट अभिनय करियर सुरु गरेकी निवेदा एक मोडल पनि हुन्।

मुख्यतया उनका तेलुगु, मलयालम र तमिल भाषाका चलचित्रहरु चर्चित छन्। 'निन्नू कोरी', 'जेन्टलमेन', 'वकिल साब' र 'दरबार' जस्ता चलचित्रले उनको उचाइलाई चर्चामा ल्यायो। 

चेन्नाइमा आफ्नो पढाइ पूरा गरेकी निवेदाले पहिलो चलचित्रबाटै राष्ट्रिय पुरस्कार पाएकी थिइन्। उनलाई पहिलो पुरस्कार दिलाउँने चलचित्र थियो, 'कुरुवी'। 

त्यसो त, २५ वर्षको उमेरमै उनले दर्जन भन्दा बढी चलचित्र गरिसकेकी छन्। उनी अन्य अभिनेत्रीभन्दा स्मार्ट रहेको दर्शकहरु बताउँछन्। 

प्रकाशित मिति: : 2021-05-07 18:09:00

प्रतिकृया दिनुहोस्