‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौंमा

कमल प्रभात

काठमाडाैं

नेपालमा राजनीतिक संकट बढ्दै गएपछि भारतीय खुफिया एजेन्सी रअ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर शुक्रबार काठमाडौं आइपुगेका छन्।

एयर इण्डियाबाट भट्नागर एक कर्मचारीसहित काठमाडौं आपुगेका हुन्। 

त्रिभुवन विमानस्थल स्रोतले कूटनीतिक राहदानी बोकेका भट्नागर नेपाल आएको बिएल नेपाली सेवालाई जानकारी दियाे।

सरकारले उनलाई भीआइपी सुविधा दिएको स्रोतले बताएको छ। रअका नेपाल प्रमुख अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिसकेको छ। उनको स्थानमा भटनागर आइपुगेका हुन्।

उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने बताइएकाे छ।

प्रकाशित मिति: : 2021-05-07 20:21:00

प्रतिकृया दिनुहोस्