'मिस यूनिभर्स' मा भाग लिन अमेरिका पुगिन् अंशिका

‘मिस यूनिभर्स’को ६९ औं संकरणमा भाग लिन नेपालकी अंशिका शर्मा अमेरिका पुगेकी छिन्।

अंशिका ‘मिस यूनिभर्स नेपाल २०२०’की विजेतासमेत हुन्। 

मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एण्ड क्यासिनो हलिउडमा ‘मिस यूनिभर्स’को ६९औं प्रतियोगीताको आयोजना हुँदैछ। प्रतियोगितामा ७४ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गर्नेछन्। 

अंशिकाले देशको प्रतिनिधित्व गर्न पाउँदा आफू उत्साहित रहेको बताएकी छिन्। 

प्रकाशित मिति: : 2021-05-08 06:14:00

प्रतिकृया दिनुहोस्