डडेल्धुरामा दश दिन निषेधाज्ञा थप

Symbolic photo
Symbolic photo

डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

सुदूरपश्चिमका छवटा पहाडी जिल्लाका नाकाका रूपमा रहेको यस जिल्ला सङ्क्रमणको उच्च जोखिमका रहेका कारण वैशाख १९ गतेबाट २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।

कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएसँगै निषेधाज्ञालाई पनि कडाइका साथ निरन्तरता दिइएको छ। यसैगरी वैशाख २५ गते (आज) देखि जेठ ४ गतेसम्मका लागि थप १० दिन निषेधाज्ञा जारी गरिएको उनले बताए।

निषेधाज्ञाको अवधिभर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

खाद्य सामग्रीका पसल २५ गतेदेखि बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ। यहाँका सरकारी कार्यालयकोे समेत आकस्मिकबाहेक सबै सेवा बन्द गरिने उनको भनाइ छ। रासस

प्रकाशित मिति: : 2021-05-08 16:11:00

प्रतिकृया दिनुहोस्