एमाले विवाद समाधानको मध्यमार्ग

गोरखापत्र

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत लिने घोषणासँगै तरङ्गित राष्ट्रिय राजनीतिले दुई महत्वपूर्ण मुद्दाको स्थायी किनारा लगाउनेछ।

पहिलो, माधव नेपाल र उहाँको समूहका केही नेता र सांसद एमालेमा रहनुहुन्छ वा रहनुहुन्न। किनभने एमाले छोड्ने निष्कर्षमा नेता नेपाल पुग्नुभएमा उहाँसँग रहनुभएका सबै सांसद र नेताको साथ पाउने सम्भावना कम छ।

दोस्रो, प्रधानमन्त्री ओली बहुमतको प्रधानमन्त्री हुनुहुन्छ वा हुनुहुन्न। माधव नेपालसहितका अहिलेसम्म उहाँसँग लागेका सबै सांसदले विश्वासको मतका पक्षमा मतदान गरेमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको समेत समर्थनमा प्रधानमन्त्रीले विश्वासको मत पाउने सभ्भावना छ। प्रधानमन्त्रीले विश्वासको मत पाउँछु भनेर सुनिश्चित भएर यो निर्णय लिुनभएको भने देखिँदैन। यसको अर्थ उहाँसँग ‘प्लान बी’ छँदैछ।


माधव नेपाल र जसपाको एकपक्षको समर्थन नभए पनि प्रधानमन्त्री ओली पदमा कायमै रहनुहुन्छ। एमालेमा पर्ने राजनीतिक क्षतिको हिसाबलाई एकछिन पन्छाएर हेर्दा, प्रधानमन्त्री ओलीको विकल्पमा अर्को सरकार बन्ने अवस्था देखिँदैन। अन्ततः ओलीकै नेतृत्वमा मध्यावधितर्फ देश जान्छ। तत्काल निर्वाचन चाहने शेरबहादुर देउवा र महन्थ ठाकुर यसका साक्षी बन्न तयार नै देखिनुहुन्छ। देउवाको पहिलो चाहना आफू नेतृत्वको सरकारले गराउने शीघ्र निर्वाचन हो तर त्यसको सम्भावना कम छ।

प्रकाशित मिति: : 2021-05-09 06:55:00

प्रतिकृया दिनुहोस्