प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरू भएकाे छ।
संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल भइरहेको भएकाे बालुवाटार स्राेतले जनाएकाे छ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने सहभागी छैनन्। देउवाले परिषदका अरु सदस्यहरुलाई पनि बैठकमा नजान यसअघि नै आग्रह गरेका थिए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना छन्।