कोभिड भारत: महामारीका बेला बिरामीको रेखदेख आफैँ गर्न परिवार बाध्य, कतिपयको घरमै मृत्यु

मध्यरात हुन लागेको छ, जीतेन्दर सिंह शन्टीले कोरोनाभाइरसबाट मृत्यु भएका मानिसहरूको शव जलाएर फेरि अर्को दिन व्यतीत गरेका छन्।

उनी भारतको राजधानी दिल्लीका शवदाहगृह नजिकैको पार्किङ स्थलमा राति सुत्छन्। उनकी श्रीमती र दुई छोरामा पनि कोभिड-१९ देखिएपछि उनीहरू घरमै अलग्गै बसिरहेका छन्।

'आज हामीले १०३ वटा शवको सामूहिक दाहसंस्कार गर्‍यौँ। तीमध्ये ४२ वटा हामीले सहरका विभिन्न ठाउँका घरबाट बटुलेर ल्याइएको हो,' उनले बीबीसीसँग फोन अन्तर्वार्तामा भने।

'सरकारको आधिकारिक तथ्याङ्कमा घरमा मृत्यु भएकाहरूको गणना हुँदैन... त्यसैले मृत्यु भइसक्दासम्म तीमध्ये धेरैले कोरोनाभाइरसको परीक्षणको नतिजा पनि पाइसकेका हुँदैनन्।'

यो सामग्री प्रकाशित गर्दासम्म भारतमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको आधिकारिक सङ्ख्या २,४०,००० नाघिसकेको छ। मृतकको सङ्ख्याको आधारमा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2021-05-09 17:07:00

प्रतिकृया दिनुहोस्