मेकअप गर्न नरुचाउने साई पल्लवी

Webdunia
Webdunia

तेलुगु फिल्मकी अभिनेत्री साई पल्लवीले आइतबार आफ्नो २९औं जन्मदिन मनाइरहेकी छन्। साउथ इन्डस्ट्रीमा निक्कै चर्चित उनले फिल्म ‘प्रेमम’ बाट करिअरको सुरुवात गरेकी थिइन्।

पहिलो फिल्मबाटै दर्शकको मन जित्न सफल उनी कहिल्यै अभिनेत्री बन्न चाहन्न थिइन्। उनीसँग मेडिकलको डिग्री छ। 

अभिनेत्री नबनेको भए उनी एक कार्डियोलजिस्ट हुन्थिन्। अध्ययनकै क्रममा उनलाई फिल्म ‘प्रेमम’ अफर भएको थियो। यसका लागि उनले साउथको फिल्मफेयर अवार्ड समेत पाएकी थिइन्। नृत्यको तालिम नलिएकी उनी एक कुशल डान्सर पनि हुन्। 
 
अहिलेसम्म साउथसहित विभिन्न भाषाका १५ वटा फिल्ममा अभिनय गरिसकेकी उनी फिल्ममा बिना मेकअप पनि देखिने गरेकी छन्। उनी फिल्ममा कमै मेकअप गर्छिन्।

उनले दुई करोडको फेयरनेस क्रिमको विज्ञापन समेत नकारेकी छन्। आफू सौन्दर्य प्रशाधनको कहिल्यै प्रमोशन नगर्ने उनको भनाइ छ। 

यसबारेमा उनी भन्छिन्, ‘म सुन्दर देखिनका लागि कहिल्यै मेकअपको प्रयोग गर्दिनँ र यस्ता चिजको प्रमोशन पनि गर्दिनँ, जसले मानिस भ्रमित हुन्। जे नेचुलर छ, त्यही राम्रो हो।’
 

प्रकाशित मिति: : 2021-05-09 19:04:00

प्रतिकृया दिनुहोस्