साउथ सुपरस्टार विजय देवरकोन्डाले बलिउड अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्ने भएका छन्।
हलिउड हंगामाको रिपोर्ट अनुसार, निर्देशक कोर्तला शिवाको निर्देशनमा बन्न लागेको फिल्ममा साइन गरेका उनको कटरीनासँग जोडी बाँधिनेछ। फिल्म तेलुगू र हिन्दी दुई भाषामा निर्माण हुनेछ।
यसै वर्ष फिल्मको छायांकन शुरु हुने बताइएको छ। विजयले बलिउडकी अभिनेत्री अनन्या पान्डेसँग रोमान्स गरिसकेका छन्।