साधना लघुवित्तद्वारा स्वास्थ्य सामग्री सहयोग

Daily Press
Daily Press

साधना लघुवित्त वित्तीय संस्थाले सामारी टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौँलाई रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो। 

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रेशम न्यौपानेले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिए। 

'अतिविपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदूर परिवारलाई सहयोग गर्ने लक्ष्यअनुसार स्थापना भएको सामरी टन ट्रष्टलाई हामीले मास्क, स्यानिटाइजर, पञ्जा, साबुन, फेसशिल्ड सहयोग गरेका हौँ' उनले भने।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वाससमेत लिइएको छ। 

वित्तीय संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत गर्ने सिइओ न्यौपानेले बताए। रासस 

प्रकाशित मिति: : 2021-05-12 12:08:00

प्रतिकृया दिनुहोस्