भारतलाई ‘कडा जवाफ’ दिने पाकिस्तानको चेतावनी

Break n Links
Break n Links

पाकिस्तानी प्रधानमन्त्री सेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका छन्।

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मू-कश्मीर क्षेत्रमा रहेका ‘आतंकवादी पूर्वाधार’माथि निशाना बनाएको थियो।

भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गरेको छ।

पाकिस्तानका शरिफले एक वक्तव्यमा भनेका छन्, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’

पाकिस्तानी विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई भारतीय आक्रमणबारे जानकारी गराएको छ। 

‘भारतको आक्रमण र त्यसबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाबारेमा जानकारी गराइएको छ’ पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ। 

उसले संयुक्त राष्ट्रसंघको व्यवस्थाअनुसार नै भारतलाई उचित समयमा आक्रमणबाटै जवाफ दिने अधिकार पाकिस्तानलाई छ। राष्ट्रसंघको अनुच्छेद ५१ अनुसार कुनै पनि स्वतन्त्र राष्ट्रलाई उसको सम्प्रभुत्ता रक्षाका लागि कसैले गरेको आक्रमणको जवाफ दिने अधिकार हुन्छ। 
 

प्रकाशित मिति: : 2025-05-07 09:13:00

प्रतिकृया दिनुहोस्