भोजपुरी फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ।
सोनु खत्रीले निर्देशन गरेको सो फिल्ममा अभिनेत्री शिल्पा पोखरेल र भोजपुरी स्टार प्रदीप पान्डेको अभिनय रहेको छ।
मंगलवार सार्वजनिक भएको फिल्मको ट्रेलरमा प्रदीप ‘प्रेम’ र शिल्पा ‘गीत’ को भूमिकामा छन्। उक्त फिल्ममा उनीहरुको अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जित कुमार शर्मा, रोहित थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ।
शिल्पाले यसअघि ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा पनि अभिनय गरिसकेकी छन्। सो फिल्ममा पनि उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डेसँग बाँधिएको थियो।