चलचित्र निर्माता तथा व्यवसायी ताराचन्द्र बजगाईंले १० शैयाको आइसोलेशन वार्ड निर्माण गरेका छन्।
बजगाईंले मकवानपुरको बकैंया गाउँपालिका वडा नं ३ स्थित रहेको हात्तीसुँडे सामुदायिक स्वास्थ इकाईमा अक्सिजनसहितको आइसोलेशन वार्ड निर्माण गरेका हुन्।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि आफ्नै व्यक्तिगत खर्चमा उक्त वार्ड तयार पारेको उनले बताए।
स्यानिटाइजर, माक्स लगायत अन्य स्वास्थ सामाग्री पनि सहयोग गर्दै आएका बजागाइँको आइसोलेशन वार्डको उद्घाटन बकैंया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गरेका थिए।
आइसोलेशन वार्ड सञ्चालनका लागि आवश्यक अनुसार स्वास्थ्यकर्मीको व्यवस्था गर्ने बताउँदै बजगाईंले अक्सिजनसहितको आइसोलेशन वार्ड सञ्चालनको लागि स्वास्थ्य सामाग्री सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।
निर्माता बजगाइले आइसोलेशन वार्ड बनाएको बिषयमा कलाकारहरुले सामाजिक सञ्चालमा बधाई दिएका छन्।