चर्चित भारतीय स्क्रिप्ट राइटर सुबोध चोपडाको निधन भएको छ।
उनको कोरोनाबाट निधन भएको हो।
‘मर्डर', 'रोग', 'तुमसा नहीँ देखा’ जस्तो थुप्रै हिट चलचित्रहरुको स्क्रिप्ट लेखिसकेका उनी नेपाली चलचित्र 'माइतीघर २'काे प्रोजेक्टमा जोडिएका थिए।
चोपडालाई सम्झिँदै अभिनेता अनमोल केसीले पनि दुःख व्यक्त गरेका छन्।
वैशाखको दोश्रो साताबाट नै चलचित्र ‘माइतीघर २’को छायांकन सुरु हुने तयारीमा रहेको थियो।