कोरोना संक्रमण नियन्त्रण गर्न अभिनेता रजनीकान्तको एक करोड सहयोग

बलिउड अभिनेता रजनीकान्तले कोरोना संक्रमणलाई नियन्त्रण गर्न एक करोड सहयोग गरेका छन्।

उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग गरेका हुन्।

हाल रजनीकान्त सोशल ड्रामा चलचित्र 'अन्नथे'को सुटिङमा व्यस्त छन्। चलचित्रमा रजनीकान्तसँगै नयनतारा र कीर्ति सुरेशको मुख्य भूमिका रहेको छ।

रजनीकान्तकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड सहयोग गरेकी छन्। सौन्दर्यले सामाजिक संजालमा सहयोग गरेको जानकारी दिदै लेखेकी छन्, 'हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ।'

प्रकाशित मिति: : 2021-05-16 06:00:00

प्रतिकृया दिनुहोस्