फिल्म निर्देशक, गीतकार तथा उपन्यासकार चेतन कार्कीको निधन भएको छ।
आइतबार काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो।
बैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उनको बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको श्रीमती र २ छोरा छन्।