‘जसले मलाई’ बोलको गीत सार्वजनिक

स्वरुपा रसाइलीको स्वर रहेको ‘जसले मलाई’ बोलको गीत सार्वजनिक भएको छ। 

समन अधिकारीले निर्देशन गरेको सो गीतमा राजकुमार सुनारको शब्द तथा बीबी अनुरागीको संगीत रहेको छ। 

फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ। 

प्रकाशित मिति: : 2021-05-16 18:21:00

प्रतिकृया दिनुहोस्