अपेक्षा अनुसार चल्न सकेन सलमान खानको 'राधे'

बहुप्रतिक्षित चलचित्र मानिएकाे चलचित्र  ‘राधे– योर मस्ट वान्डेट भाई’ १३ मेमा रिलिज भयो। तर चलचित्रले भनेजस्तो प्रशंसा पाउन सकेको छैन।

लकडाउनका कारण यस फिल्मलाई ओटीटी प्लेटफर्म जी ५ मा रिलिज गरिएको थियो।  तर रिलिज हुनअघि नै चर्चा बटुलेको यो चलचित्रले सोचेजस्तो प्रतिक्रिया भने पाएन।

आईएमडिबीमा यस फिल्मलाई राम्रो रेटिङ मिलेन। कुल १० रेटिङमा यसले केवल २ दशमलव १ रेटिङमात्रै पायो।

यसलाई यसरी पनि बुझ्न सकिन्छ कि यो चलचित्र सन् २०२० को सबैभन्दा ठूलो फ्लप बनेको छ। 

प्रकाशित मिति: : 2021-05-17 06:06:00

प्रतिकृया दिनुहोस्