को हुन् मुना गौचन?  

All Photos's : Muna Gauchan Facebook

नचिन्नेले पनि हिजाेआज मज्जाले चिन्दैछन्, मुना गौचनलाई।

उनी मोडल तथा अभिनेत्री हुन्। हिजाेआज उनका तस्वीरहरु सामाजिक सञ्जालभरी देखिन्छन्।

चलचित्र 'चपली हाइट-२' बाट अभिनयमा डेब्यु गरेकी मुनाको सुन्दरताको खुलेरै प्रशंसा र तारिफ हुने गरेको छ। तर उनको सुन्दरताको जति चर्चा हुन्छ, त्यती उनको अभिनयले पाउन सकेन।

'चपली हाइट-२' मा उनले सहायक भूमिका निभाएकी थिइन्। चलचित्रमा उनको सुन्दरतालाई पछ्याएर केही निर्माता र निर्देशक उनको पछि लागे। त्यसयता उनले चलचित्र 'जालो' मा पनि काम गरिन्। तर उक्त चलचित्रमा पनि उनको अभिनयले दर्शकको मन जित्न सकेन। फितलो अभिनयकै कारण उनको सुन्दरताले बढी चर्चा पायो।

त्यसो त, उनी ‘मिस इको नेपाल २०१९’ विजेता पनि हुन्। चलचित्रमा आउनुभन्दा पहिले उनी एक मोडलको रुपमा भने स्थापित भइसकेकी थिइन्। उनलाई चलचित्र नफापे पनि विभिन्न विज्ञापन, फोटोशुट र म्युजिक भिडियोमा उनले राम्रै काम पाइरहेकी छन्।

कोभिड–१९ को पहिलो लहरमा नेपाल आएकी उनी व्यस्त जीवनवाट फुर्सद मिलेकोमा केही समय खुशी थिइन्। तर लकडाउन लम्बिँदै जाँदा आफूलाई व्यस्त बनाउन उनले ब्लगिङमा आफ्ना नृत्यका भिडियोहरु सेयर गर्दै समय बिताउँन लागिन्।

उनी फेसबुक र इन्टाग्राममा निकै सक्रिय छिन्। उनी विभिन्न बोल्ड र हट तस्वीरहरु पनि शेयर गर्छिन्। यसैले पनि उनलाई पछ्याउने दर्शकहरु असंख्य छन्। 

मुनाले सानोमा कक्षा ६ पढ्दै गर्दा पढ्दा ‘लिटिल मिस काठमाडौं’मा भाग लिएकी थिइन्। त्यसपश्चात एसएलसीपछि ‘एसएलसी प्रिन्सेस’ लिइन्। जसले उनी भित्र मोडलिङमा रुची बढ्न थाल्यो । उनी हाउस अफ फेसनमा पनि आबद्ध भइन् । र सुरु गरिन, आफ्नो मोडलिङमा करियर । 

प्रकाशित मिति: : 2021-08-03 09:59:00

प्रतिकृया दिनुहोस्