लमजुङ भूकम्प: तनहुँमा घर भत्कियो

लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ।

५.८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो।

विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ।

भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए। रासस
 

प्रकाशित मिति: : 2021-05-19 11:11:00

प्रतिकृया दिनुहोस्