बलिउड अभिनेत्री शिल्पा शेट्टी २० वर्षपछि तेलुगु चलचित्रमा देखिने भएकी छन्।
अभिनेता महेश बाबु अभिनित चलचित्र ‘एसएसएमबि २८’बाट उनी अभिनयमा फर्किन लागेकी हुन्।
त्रिविक्रम श्रीनिवासले निर्देशन गर्न लागेको चलचित्रमा शिल्पाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।
चलचित्रमा जान्हवी कपुर र पूजा हेगडे पनि रहेको बताइएको छ। तर आधिकारिक घोषणा हुन भने बाँकी छ।