प्रकृति भन्छिन्- 'पलसँग चलचित्रमा स्क्रीन शेयर गर्ने रहर छ'

अभिनेत्री प्रकृति श्रेष्ठ र अभिनेता पल शाहको जोडी दर्शकमाझ निकै चर्चित पाइन्छ। म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका यी दुई राम्रो साथी पनि हुन्।

प्रकृतिले विवाह गरेर विगत चार वर्षदेखि विदेशमा बस्दै आएकी थिइन्। तर फेरि यो जोडी एउटा म्युजिक भिडियोमार्फत् सँगै देखिदैछन्।

भर्खर म्युजिक भिडियोको छायांकन सकाएकी प्रकृतिले लामो समयपछि पलसँग स्क्रिन शेयर गर्न पाउँदा खुशी लागेको बताएकी छन्। साथै उनले पलसँगै कुनै नयाँ चलचित्रमा काम गर्ने इच्छा भएको समेत बताइन्।

चलचित्र 'बिहे पास'को छायाङ्कन लागि भनेर नेपाल आएकी उनी अस्ट्रेलिया फर्किसकेकी छन्। 

प्रकाशित मिति: : 2021-05-21 09:39:00

प्रतिकृया दिनुहोस्