पूर्वमन्त्री भण्डारीद्वारा एक लाख सहयोग

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामग्री खरिदका लागि रु एक लाख एक हजार एक सय ११ सहयोग गरेका छन्। 

कोरोना सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्न उहाँले उक्त रकम  जिल्ला पार्टी कार्यालयलाई सहयोग गरेका हुन्। 

पूर्वमन्त्री भण्डारीका तर्फबाट  काङ्ग्रेस व्यास नगर समितिका सहसचिव डम्बर अधिकारीले जिल्ला सचिव विश्व बास्तोला र सह–सचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए।

रकम ग्रहण गर्दै नेका जिल्ला सचिव  बास्तोलाले सहयोगका लागि पूर्वमन्त्री भण्डारीप्रति आभार व्यक्त गरे। यसैबीच काङ्ग्रेसले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्तासँग सहयोगको आह्वान गरेको छ। रासस 

प्रकाशित मिति: : 2021-05-21 17:40:00

प्रतिकृया दिनुहोस्