नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर कोईरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको टिप्पणी गरेका छन्।
नेता कोईरालाले शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गरेको घटनामा कडा प्रतिकृया दिँदै उक्त टिप्पणी गरेका हुन्।
डा कोईरालाले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन भनेका छन्।
संसद बिघटनबाट संविधानलाई समाप्त गर्ने काम भएको डा कोईरालाको भनाई छ।
कोईरालाले भनेका छन्, 'आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।'