‘कोभिड सहायता कक्ष’ सञ्चालनमा

कोरोना सङ्क्रमितलाई घरघरमै सूचना, जानकारी तथा उपचार सेवा समेत प्रदान गर्न ‘कोभिड सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ। 

उद्योग वाणिज्य सङघ मकवानपुरका पहलमा सङ्घका सचिवालयमा  सञ्चालनमा ल्याइएको सो कक्षमा आवश्यक स्वास्थ्यकर्मी तथा सामग्री समेत उपलब्ध गराइएको छ। 

सङ्घका अध्यक्ष कृष्ण कटुवालले  सचिवालयमा खटिएका स्वास्थ्यकर्मीले सङ्क्रमितका अवस्थाका बारेमा जानकारी लिने, तत्काल अस्पताल लैजान  परेमा अस्पतालमा श्ययाका बारेमा जानकारी दिने तथा सहजीकरण गरिदिने, सङ्क्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधि दिनुपरेमा खटिने  व्यवस्था मिलाइएको जनकारी दिए। सहायता कक्षमा हाल २५ थान अक्सिजन सिलिण्डर, पिपिई, औषधि तथा पौष्टिक आहार राखिएको छ।  

हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट जडान

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सङ्क्रमितका उपचारमा थप सहजता ल्याउन प्लान्ट जडान गरिएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए। 

प्लान्टबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने कोभिड १९ फोकल पर्सन डाक्टर सागर काफ्लेले बताउनुभयो । उहाँको अनुसार  २४ घण्टामा १५  ठुलो सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्लान्ट जडान भएको छ। आज साँझबाट  अक्सिजन उत्पादन शुरु हुने उनको भनाइ छ। रासस 

प्रकाशित मिति: : 2021-05-22 17:20:00

प्रतिकृया दिनुहोस्